दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै, सहुलियत मूल्यमा बिक्री हुने


  • Himalayan Bank Limited (HBL)
दसैँका लागि १८०० खसीबोका र च्याङ्ग्रा ल्याइँदै, सहुलियत मूल्यमा बिक्री हुने

काठमाडौँ । सरकाले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र  ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो । 

उक्त  खसीबोका तथा च्याङ्ग्रा घटस्थापनाको अघिल्लो दिनसम्म ल्याइसक्ने र सोही दिनदेखि बिक्री थाल्ने गरी तयारी गरिरहेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । 

अहिले नै कति मूल्यमा बिक्री गर्ने भन्नेबारे निर्णय नभएको र खुला बजारको तुलनामा सहुलियत मूल्यमा बिक्री गरिने उनको भनाइ छ।

Read More