कसरी विस्तार गरिँदैछ करको दायरा? यस्तो छ आन्तरिक राजस्व परिचालनको पाँच वर्षे रणनीति


  • Himalayan Bank Limited (HBL)
कसरी विस्तार गरिँदैछ करको दायरा? यस्तो छ आन्तरिक राजस्व परिचालनको पाँच वर्षे रणनीति

सरकारले आन्तरिक राजस्व परिचालन सम्वन्धी आगामी पाँच वर्षे रणनीति (डिआरएमएस) कार्यान्वयनमा ल्याएको छ। राजस्व संकलन कमजोर बनेको, औसत २० प्रतिशतको राजस्व वृद्धिदर पछिल्ला वर्षहरूमा निरन्तर खुम्चिएको, राजस्व चुहावट बढेको अवस्थामा सरकारले नयाँ रणनीति अघि सारिएको हो।

आन्तरिक राजस्व विभागले दीर्घकालीन आर्थिक स्थायित्वका लागि तयार गरेको डिआरएमएस आर्थिक वर्ष २०८१/८२ देखि २०८५/८६ सम्म लागू हुने जनाएको छ। यो रणनीतिले राजस्व संकलन प्रक्रियामा सुधार ल्याउन र आर्थिक विकासलाई दिगो बनाउन नयाँ मार्गचित्र प्रस्तुत गरेको विभागको दाबी छ ।

यो रणनीति कार्यान्वयनमा आएसँगै राजस्व संकलनमा आएको सुस्तता र बजेट घाटा व्यवस्थापन गर्न सहज हुने दाबी गरिएको छ।

Read More