देशभरका सरकारी कार्यालयमा शेयर कारोबारमा प्रतिबन्ध


  • Himalayan Bank Limited (HBL)
देशभरका सरकारी कार्यालयमा शेयर कारोबारमा प्रतिबन्ध

सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली ‘ट्रेड म्यानेजमेन्ट सिष्टम-टीएमएस’ चलाउन बन्देज गरेको छ ।

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबारसबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि उक्त कार्यालयले निर्देशन दिएको छ ।

यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु  कानूनी दृष्टिले पनि अमान्य भएको बताएका छन्।

Read More