वाणिज्य बैंकहरूले असोजमा पनि निक्षेपको ब्याजदर नबढाउने सम्भावना देखिएको छ।
बैंकहरूमा कर्जाको विस्तार उत्साहजनक नदेखिएको र कर्जा लगानी योग्य पुँजी पर्याप्त नै रहेकोले निक्षेपको ब्याजदर बढ्ने सम्भावना कम रहेको बैंकरहरूले बताएका छन्।
'गत वर्षकोभन्दा कर्जा लगानीमा केही सुधार भएको त छ तर उत्साह नै जगाउने गरेर भएको छैन,' नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, 'अहिले पनि कर्जा लगानी योग्य रकम उल्लेख रहेकोले पनि असोजमा निक्षेपको ब्याजदर सामान्य घट्न सक्छ।'



