२५ भदौ, काठमाडौं । कोरिया सरकारले समावेशी ग्रामिण विकास परियोजना कार्यान्वयनका लागि ८ मिलियन डलर (झन्डै १ अर्ब ७ करोड रुपैयाँ) अनुदान सहायता दिने भएको छ ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच बर्दिया जिल्लामा सो परियोजना अगाडि बढाउने सम्बन्धमा रेकर्ड अफ डिस्कसन (आरओडी) सम्झौता भएको छ ।



