आइएफसीले नेपालमा लगानी विस्तार गर्ने


  • Himalayan Bank Limited (HBL)
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौँ, भदौ २५ गते । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग मङ्गलबार अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी विस्तार गर्ने जानाकरी दिनुभएको हो ।

आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, रोगजारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

Read More