संचय कोषलाई संचयकर्ता आकर्षित हुने काम गर्न अर्थमन्त्रीको निर्देशन


  • Himalayan Bank Limited (HBL)
संचय कोषलाई संचयकर्ता आकर्षित हुने काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ — कर्मचारी संचय कोषलाई संचयकर्ता आकर्षित हुने गरी काम गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । कर्मचारी संचय कोषसँगको छलफलमा मंगलबार अर्थमन्त्री पौडेलले संचयकर्तालाई नोक्सानीका आधारमा नभइ उपलब्धिका आधारमा आकर्षित गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

कर्मचारी संचय कोषको सबैभन्दा ठूलो आधार र भविष्य संचयकर्ता भएको भन्दै कोषले संचयकर्ताको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको उनले बताए । कोषले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्न र आवश्यकता अनुसार दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न उनले आग्रह गरे ।

Read More