नेप्सेमा अहिले ३६ वटा म्युचुएल फन्ड सूचीकृत छन् भने धितोपत्र बोर्डले यो बाहेक थप ७ वटा गरी ४३ वटालाई सञ्चालन अनुमति दिएकाे छ । म्युचुएल फन्ड ओपन इन्डेड र क्लोज इन्डेड गरी दुई प्रकारका हुन्छन् । ओपन इन्डेड म्युचुएल फन्ड नेप्सेमा कारोबार हुँदैन । क्लोज इन्डेड म्युचुएल फन्ड मात्रै नेप्सेमा कारोबार हुन्छन् ।
अहिलेसम्म कुमारी बैंकको दुई वटा योजना, लक्ष्मी सनराईज बैंकको ५ वटा, एनआईसी एसिया बैंकको ५ वटा, सानिमा बैंकको ३ वटा, सिद्धार्थ बैंकको एक वटा र राष्ट्रिय वाणिज्य बैंकको २ वटा म्युचुएल फन्डले लाभांश घोषणा गरेका छन् ।
सबैभन्दा धेरै लाभांश घोषणा गर्ने म्युचुएल फन्डमा सानिमा बैंकको सानिमा इक्वीटी फन्ड रहेको छ ।सानिमा इक्वीटी फन्ड–२ ले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
सबैभन्दा कम लाभांश घोषणा गर्ने म्युचुएल फन्डमा भने राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुएल फन्ड १ रहेको छ । उक्त म्यचुएल फन्डले ३.८१ प्रतिशत नगद लाभांश वितरण गरेकाे छ ।
यसैगरी, लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज फोकस्ड इक्वीटी फन्डले क्रमशः साढे ४ प्रतिशत नगद लाभांश घोषणा गरेका छन्।
एनआइसी एसिया सेलेक्ट–३० ले १४ प्रतिशत र सनराइज फस्ट म्युचुएल फन्डले साढे १२ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
त्यसैगरी कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र एनआईसी एसिया ग्रोथ फन्डले साढे ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् । एनआइसी एसिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत नगद लाभांश घोषणा गर्दा लक्ष्मी उन्नति फन्डले साढे ७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले ७ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।





