काठमाडौं : अमेरिकी नागरिकहरुले गत वर्ष क्रिप्टोकरेन्सी समावेश भएको ठगीबाट ५.६ अर्ब डलरभन्दा बढी रकम गुमाएका छन् ।एफबीआइले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२२ को तुलनामा यस्तो ठगी ४५ प्रतिशतले वृद्धि भएको छ । एफबीआइले सन् २०२३ मा बिट्क्वाइन, इथर र अन्य क्रिप्टोकरेन्सीहरु समावेश गर्ने वित्तीय ठगीबाट पीडितहरुको करिब ७० हजार गुनासो प्राप्त गरेको याहु फाइनान्सले जनाएको छ ।
‘क्रिप्टोकरेन्सीको विकेन्द्रीकृत प्रकृति, अपरिवर्तनीय लेनदेनको गतिले र विश्वभर मूल्य स्थानान्तरण गर्न सक्ने क्षमताले अपराधीहरुका लागि क्रिप्टोकरेन्सी ठगीका लागि आकर्षक माध्यम बनेको छ । यता, चोरी भएको रकम पुनः प्राप्त गर्न चुनौतीहरु सिर्जना गर्दछ, ‘एफबीआइको आपराधिक अनुसन्धान विभाजनका सहायक निर्देशक माइकल नॉर्डवालले लेखेका छन् ।



