काठमाडौँ । सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको जानकारी दिए ।
‘सहुलियत पसल सञ्चालन गर्ने विषयमा मातहतका निकायसँग छलफल भइरहेको छ । असोज ७ गतेभन्दा पछाडि जाँदैन,’ सचिव बुर्लाकोटीले भने, कुन वस्तुमा के–कति छुट गर्ने विषयमा पनि छलफल गरिरहेका छौँ ।’



