सर्वोच्च अदालतले कोरोना बीमाको दायित्वका सम्बन्धमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
आइतबारमात्रै निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दायित्व नव्यहोरेको भन्दै सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो।
मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले सरकारका नाममा कोरोना बीमाको दायित्व नव्यहोरेकोमा कारण देखाऊ जारी गरेको हो। योसँगै विपक्षीलाई झिकाउने आदेश पनि सर्वोच्चले गरेको छ।


