काठमाडौं : विदेशी लगानीकर्ताहरुले सेप्टेम्बर पहिलो हप्तामा भारतको सेयर बजारमा लगभग १ खर्ब १० अर्ब भारतीय रुपैयाँ लगानी गरेका छन् । फरेन पोर्टफोलियो इन्भेष्टरहरु (एफपीआइएस) ले जुनदेखि लगातार सेयर खरिद गर्दै आएको 'द हिन्दु'ले जनाएको छ । त्यसअघि, उनीहरुले अप्रिलदेखि मे महिनासम्म ३ खर्ब ४२ अर्ब ५२ करोडको रकम सेयर बजारबाट निकालेका थिए । भारतीय बजारको लचिलोपन र अमेरिकामा ब्याज दर कटौतीको अपेक्षाका कारण विदेशी लगानीकर्ताले लगानी वृद्धि गरेका हुन् ।
हालका प्रवाहहरु आशाजनक छन् र भारतको स्थिर म्याक्रोइकोनोमिक अवस्थाले समर्थन पाउँदा लगानी बढ्दै जान सक्छ। तर, अमेरिकी ब्याज दर र भू-राजनीतिक अवस्थाजस्ता विश्वव्यापी कारकहरुले सेयर बजारमा प्रमुख भूमिका खेलिरहने छन् 'मोर्निङस्टार इन्भेस्टमेन्ट रिसर्च इन्डियाका एसोसिएट निर्देशक हिमांशु श्रीवास्तवले' भने ।





