हुण्डी कारोबार गरेको आरोपमा सिंगापुर प्रहरीका पाँच नेपालीलाई जेल सजाय


  • Himalayan Bank Limited (HBL)
हुण्डी कारोबार गरेको आरोपमा सिंगापुर प्रहरीका पाँच नेपालीलाई जेल सजाय

२४ भदौ, काठमाडौं । सिंगापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा कार्यरत पाँच जना नेपालीलाई हुण्डी कारोबारमा संलग्नको आरोपमा जेल सजाय सुनाइएको छ ।

उनीहरुमाथि १ लाखदेखि २८ लाख सिंगापुर डलर अवैध रुपमा नेपाल पठाएको अभियोगमा अदालतमा मुद्दा दर्ता भएको थियो ।

सिंगापुरको अंग्रेजी दैनिक पत्रिका द स्ट्रेट्स टाइम्सका अनुसार, जेल सजाय हुनेमा दिकबहादुर गुरुङ (३२), गंगाप्रसाद राई (४३), अशोककुमार थापा मगर (३९), मिङ्मार शर्पा (४४) र सीताराम तामाङ (४०) छन् ।

उनीहरुमध्ये दिकबहादुरलाई कम्तीमा १० लाख सिंगापुर डलर अवैध रुपमा पठाएको आरोपमा १४ हप्ता जेल सजाय भएको छ ।गंगाप्रसादलाई ६ लाख पठाएको आरोपमा १० हप्ता जेल सजाय भएको छ ।

Read More