राष्ट्र बैंकमा राखिने लामो अवधिको रकम घटाउँदै बैंकहरू


  • Himalayan Bank Limited (HBL)
राष्ट्र बैंकमा राखिने लामो अवधिको रकम घटाउँदै बैंकहरू

नेपाल राष्ट्र बैंकले भदौ २३ गते बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ खिच्न २१ दिने निक्षेप संकलन उपकरण जारी गर्‍यो। तर, बैंकहरूले मात्रै ५३ अर्ब ८० करोड रूपैयाँ राख्न बोलकबोलमा सहभागिता जनाए।

यसमध्ये प्रक्रिया पुगेको ५१ अर्ब ८० करोड रूपैयाँ राष्ट्र बैंकले खिच्यो। यसको औसत ब्याजदर २.९४ प्रतिशत कायम भयो।

गत भदौ ५ गते जारी गरेको २१ दिने निक्षेप संकलनमा उठाएको एक खर्ब रकम परिपक्व भएपछि भदौ २३ गते राष्ट्र बैंकले यति नै रकम उठाउन खोजेको थियो।

बैंकिङ प्रणालीमा रकम धेरै हुँदा तान्ने र कम हुँदा फाल्ने गरी राष्ट्र बैंकले विभिन्न उपकरणको प्रयोग गर्छ। गत साउनयता राष्ट्र बैंकले बैंकहरूमा रकम पठाउने काम गरेको छैन।

अहिले बैंकहरूले कम रकम राख्न थालेका छन्। यसले बैंकिङ क्षेत्रबाट क्रमिक रूपमा कर्जा विस्तार हुन थालेको संकेत गर्छ।

Read More