चितवन — बचत रकम फिर्ता नपाएका चितवनको साहारा चितवन बहुउद्देशीय सहकारी र सनराइज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताका प्रतिनिधिहरूले सोमबार नारायणगढमा सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई ज्ञापनपत्र बुझाएका छन् ।
थापा बीपी जयन्तीको अवसरमा चितवन कांग्रेसले आयोजना गरेको कार्यक्रममा सरिक हुन यहाँ आएका छन् ।
'सहकारीका नाममा ठगिएकाहरूका पक्षमा उहाँले जोडदार आवाज उठाउनु भएको हो । सहकारीको आवरणमा ठगि गर्ने ठगहरूलाई कारवाही हुनु पर्छ भनेर उहाँले संसदमा भूमिका खेल्नु भएको हो । यो खबरदारी हामीले न्याय नपाउँदासम्म जारी नै राख्नु होला भनेर ज्ञापनपत्र बुझाएका छौं,' शालिकराम दुवाडीले भने । उनी साहारा चितवनका पीडित बचतकर्ताले गठन गरेको संघर्ष समितिका संयोजक हुन् ।


