वोमी लघुवित्तको खुद नाफा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
 वोमी लघुवित्तको खुद नाफा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा !

काठमाडौं - वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ५५.८५% ले वृद्धि गरी ६ करोड २७ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यसले ४ करोड २ लाख ६५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

संस्थाको खुद  ब्याज आम्दानी ५२.४९% ले बढेर १२ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यहि अवधिमा संस्थाले ८ करोड ४२ लाख २० हजार रुपैयाँ खुद  ब्याज आम्दानी आर्जन गरेको थियो । यता, सञ्चालक नाफा पनि ६ करोड ६ लाख ५२ हजार रुपैयाँबाट बढेर ९ करोड ५९ लाख ७६ हजार रुपियाँ पुर्याएको छ ।

Read More
  • MBL - below news