पेट्रोलियम पदार्थमा इथानोल मिसाउन सरकारले प्रोत्साहन गर्नुपर्छ : आयल निगम


  • Himalayan Bank Limited (HBL)
 पेट्रोलियम पदार्थमा इथानोल मिसाउन सरकारले प्रोत्साहन गर्नुपर्छ : आयल निगम

२४ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने जनाएको छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार राजधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सम्बन्धमा गरेको छलफल कार्यक्रममा निगमका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने नीतिगत व्यवस्था गरेको बताइन् ।

Read More