१ प्रतिशत भन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्था पुनरावलोकन गर्न चेम्बरको आग्रह


  • Himalayan Bank Limited (HBL)
१ प्रतिशत भन्दा बढी सेयर हुनेले ऋण लिन नपाउने व्यवस्था पुनरावलोकन गर्न चेम्बरको आग्रह

काठमाडौं  : नेपाल चेम्बर अफ कमर्सले १ प्रतिशत भन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाको पुनरावलोकन गर्न ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्यसचिव अर्याललाई बधाई एवं शुभकामना दिने क्रममा ध्यानाकर्षण गराएको हो ।

मुख्यसचिव अर्याललाई बुझाईएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, ‘नेपालको बैंकिङ क्षेत्रको विकासमा महत्वपुर्ण भूमिका निर्वाह गरेको निजी क्षेत्रलाई बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनको संशोधन प्रस्तावमा एक प्रतिशत भन्दा बढी सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने निश्चयनै लगानीमा यसले प्रत्यक्ष असर गर्नेछ  र आर्थिक वृद्धिमा नै असर पुग्नेछ, । ’

Read More