नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बोर्डमा आइतबार कार्यकारी प्रमुखको पद बहाली गर्दै जोशीले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारी मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए ।


