काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्ने बताए ।



