नेपाल बीमक संघले सर्वोच्च अदालतमा कोरोना बीमा रकम भुक्तानी माग गर्दै रिट दायर गरेको छ ।आइतबार संघले सरकारलाई विपक्षी बनाउँदै रिट दायर गरेको हो ।
यसअघि, सरकारले बीमक संघसँग सहमति गरेको थियाे । उक्त सहमति अनुसार सरकारले कोरोना बीमा रकम भुक्तानी नगरेपछि संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको हाे ।
सरकारले नै भुक्तानी नदिएकाे भन्दै बीमा कम्पनीहरूले कोरोना बीमा बापतकाे करिब ११ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन्।



