उनन्साठी प्रतिशत वैदेशिक लगानी औद्योगिक क्षेत्रमा


  • Himalayan Bank Limited (HBL)
उनन्साठी प्रतिशत वैदेशिक लगानी औद्योगिक क्षेत्रमा

काठमाडौँ, भदौ २३ गते  । देशमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मध्ये आधाभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा रहेको देखिएको छ । 

नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९/८० अनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिएको हो । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको तथ्याङ्कले देखाएको छ । मुलुकमा भत्रिने कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको तथ्याङ्क छ ।

Read More