काठमाडौँ — नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । गत बिहीबारदेखि बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुष्टि गरे ।
‘कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘बिहारमा १२५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति पाइसकेका छौं । बिस्तारै परिमाण बढाउँदै लैजान्छौं ।’


