१५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्न सरकारले बनायो वार्ता टोली


  • Himalayan Bank Limited (HBL)
१५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौँ । सरकारले एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय  गरेको छ । 

 बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता  पृथ्वी सुब्बा गुरुङले यसबारे जानकारी दिएका हुन् । 

उनले भने,‘एसियाली विकास बैंकबाट सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर एक सय मिलियन करिब १५ अर्ब २९ करोड सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने  निर्णय भएको छ ।’ 

Read More