काठमाडौँ । बंगलादेश विश्वकै ‘फास्ट फेसन’ व्यवसायको मुटु मानिन्छ । बंगलादेशका कारखानाबाट निर्यात भएका आधुनिक फेसन विश्वका कयौँ नाम चलेका ब्राण्डमार्फत बिक्री हुन्छन् र ती कपडा कयौँ देशका नागरिकको दराजमा पाइन्छ ।
विगत तीन दशकदेखि यो व्यवसायले बंगलादेशलाई विश्वको सबैभन्दा गरिब देशको श्रेणीबाट निकालेर एक निम्न मध्यम आय भएको देश बनाइदियो । तर पछिल्लो समय बंगलादेशको वार्षिक ५५ अर्ब डलरको वस्त्र उद्योगको भविष्य अनिश्चित बनेको छ ।



