नेपालगन्ज, भदौ २१ गते । हरेक वर्ष झैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै सीमापारि रुपैडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएको छ ।
महान् चाड दसैँतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ ।
नेपाली उपभोक्तालाई सीमापारिबाट खरिदारी गर्न रोक्नका लागि नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जमुनाहा नाकामा धेरै पटक बैठकको आयोजना, सचेतना अभियान तथा हेल्प डेस्क नै स्थापना गरे पनि खरिदारीका लागि सीमापारि जाने नेपालीको सङ्ख्या रोकिएको छैन ।



