काठमाडौँ — निजी क्षेत्रसँगको सहकार्यमा नेपालमा विदेशी पर्यटक ल्याउने उद्देश्यले स्थापित नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपक जोशी नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले जोशीलाई बिहीबार बोर्डको छैटौं सीईओमा नियुक्त गरेको बोर्ड सदस्य राजेन्द्र लामाले जनाए ।


