अब्बल छन्,महिलाले हाँकेका सहकारी


  • Himalayan Bank Limited (HBL)
अब्बल छन्,महिलाले हाँकेका सहकारी

 बुटवल : मुलुकभर महिलाको नेतृत्वमा ४ हजार १ सय १३ वटा सहकारी सञ्चालनमा छन्।  यो तथ्यांक अर्थ मन्त्रालयले ०७४ सालमा गरेको आर्थिक सर्वेक्षणअनुसार हो।  ०७४ सालपछि यो तथ्यांक अद्यावधिक गरिएको छैन।

जति पनि महिलाले चलाएका सहकारीहरू छन्, तीमध्ये बहुसंख्यक सहकारीहरू समाजमा अब्बल सावित भएर उभिएका छन्।  देशका केही उत्कृष्ट सहकारीहरूले गरेको कर्मले पनि यसलाई पुष्टि गरेको छ।  घरको मात्र होइन् समाजकै नेतृत्व गरेर महिलाले हाँकेका सहकारीहरू अब्बल ठहरिएका हुन्।  महिलाको नेतृत्वसहित हाल देशभर ३१ हजार ४ सय ५० वटा विभिन्न प्रकृतिका सहकारीहरू सञ्चालनमा छन्। 

Read More