मूल्य बढेपछि तिजमा पनि सुनसान छ सुन बजार, नक्कली गहनामा पनि छैन आकर्षण


  • Himalayan Bank Limited (HBL)
मूल्य बढेपछि तिजमा पनि सुनसान छ सुन बजार, नक्कली गहनामा पनि छैन आकर्षण

केही वर्षअघिसम्म तिज लाग्नुभन्दा महिना दिन अघिबाटै सुन पसलहरूमा ग्राहकको भिड लाग्थ्यो। तिजकै लागि गहना किन्ने वा पुराना गहना साटेर नयाँ डिजाइनका गहना किन्नेको चहलपहल हुन्थ्यो। 

तर, यसपालि काठमाडौंका अधिकांश सुन पसलहरू सुनसान छन्। सुनको मूल्य बढ्दै गएपछि व्यवसाय नै ठप्प बनेको व्यवसायीहरू बताउँछन्।

सुनको मूल्य अत्यधिक वृद्धि भएपछि मानिसहरूले खरिद गर्नै छाडेको न्यूरोडस्थित एक सुन व्यवसायीले बताए। 

'विगतको तुलनामा अघिल्लो वर्ष पनि सुनको खरिदबिक्री कम थियो,' उनले भने, 'यसपालि झन् पूरै बजार सुनसान छ।'

उनका अनुसार केही वर्षअघिसम्म तिजका लागि महिलाहरूले तिलहरी, मंगलसूत्र लगायतका गरगहना रूचाएका थिए। व्यवसायीहरूले ग्राहकको डिजाइन अनुसारकै गहना बनाउँथे।

Read More