काठमाडौं : भारतमा बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गरेको पेटीएमको सेयर भाउमा निकै राम्रो वृद्धि देखिएको छ । यसको सेयर अल टाइम लोबाट शतप्रतिशत बढेको छ । गत 'मे' महिनामा यसको सेयर ३१० भारतिय रुपैयाँसम्म झरेको थियो । अहिले सोही विन्दुबार बढेर ६१८ रुपैयाँ पुगेको छ ।
सन् २०२१ को नोभेम्बरमा १७८२ रुपैयाँसम्म पुगेको यसको सेयर भाउ लगातार जस्तो घटेर ३१० सम्म झरेको थियो । सेयर ८२ प्रतिशतसम्म झरेको थियो । अहिले सोही विन्दुबाट बढेको छ ।
भारतिय रिजर्भ बैंकले पेटीएम पेमेन्ट बैंकलाई सन् २०२४ फेब्रुअरी २९ पछि युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) सुविधासहित नयाँ निक्षेपहरु लिन, क्रेडिट लेनदेनको सुविधा, वा कोष स्थानान्तरण प्रस्ताव गर्न नपाउने निर्देशन दिएको थियो । जसले गर्दा यसको सेयरमा भारी गिरावट देखियो ।





