बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डको चेतावनी


  • Himalayan Bank Limited (HBL)
बिरामीलाई अनावश्यक रेफर गरे भुक्तानी नदिने स्वास्थ्य बीमा बोर्डको चेतावनी

२० भदौं, काठमाडौं। निजी तथा सामुदायिक अस्पतालमा बिरामीलाई अनावश्यक रेफर भइरहेको भन्दै स्वास्थ्य बिमा बोर्डले चेतावनी दिएको छ ।

बोर्डले बुधबार सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई पत्रचार गर्दै अस्पताल तथा चिकित्सकले संस्थामा सेवा प्रर्याप्त हुँदा पनि अनावश्यक रेफर गरेको र अबदेखि रेफर गनुपर्ने भएमा अनिवार्य रुपमा कारण खुलाउन निर्देशन दिएको छ ।

स्वास्थ्य बीमा ऐन २०७४, नियमावली २०७५, रिफरल कार्यविधि २०८०, कार्यावन्यनमा रहेको सुविधा थैली, दाबी समिक्षा निर्देशिका (पहिलो संसोधन) २०८१ र रयिल टाइम कार्यविधि २०८० विपरित निजी तथा सामुदायिक अस्पतालमा चिकित्सक सेवाको आचरण विपरित काम भइरहेको बोर्डले जनाएको छ ।

Read More