दशैंका लागि १८०० खसीबोका र च्यांग्रा ल्याउँदै खाद्य कम्पनी


  • Himalayan Bank Limited (HBL)
दशैंका लागि १८०० खसीबोका र च्यांग्रा ल्याउँदै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा १ हजार ८०० वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ ।

गत वर्ष ल्याएका सबै नबिकेपछि यस वर्ष कम ल्याउन लागिएको हो । यस वर्ष १ हजार ५०० खसीबोका र ३०० वटा च्यांग्रा खरिद गर्ने निर्णय भएको कम्पनीले बताएको छ । दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न यसपटक कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएको छ । 

गत वर्ष कम्पनीले दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३३ लाख बजेट छुट्याएको थियो । यो बजेटमा ३ हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य राखेको थियो ।

Read More