काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिन्पिङले बिहीबार आगामी ३ वर्षमा अफ्रिकाका लागि ५० अर्ब अमेरिकी डलर भन्दा बढीको वित्तीय सहायता दिने वाचा गरेका छन् । महामारीपछि बेइजिङमा आयोजना गरिएको सबैभन्दा ठूलो शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले अफ्रिकासँग पूर्वाधार र व्यापारमा सहकार्यलाई अझ गहिरो बनाउने प्रतिज्ञा समेत गरेको भोइस अफ अमेरिकाले जनाएको छ ।
चीनको राज्य सञ्चारमाध्यमका अनुसार यस हप्ताको चीन-अफ्रिका फोरममा ५० भन्दा बढी अफ्रिकी नेताहरु र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सहभागी छन् । अफ्रिकी नेताहरुले यस हप्तामा नै पूर्वाधार, कृषि, खानी, व्यापार र उर्जामा थप सहकार्यका लागि सम्झौता गरेका छन् ।


