दमौली (तनहुँ) । नयाँ शहर आयोजना डुम्रे भन्सारले आठ वर्षमा रु ९५ करोड बढी लगानी गरेको छ । जिल्लाको भानु नगरपालिका–१ मा स्थापना भएको कार्यालयले आर्थिक वर्ष २०७२/७३ देखि गत आवसम्म विभिन्न योजनामा रु ९५ करोड ८७ लाख लगानी गरेको हो ।
कार्यालयले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार, सांस्कृतिक तथा पर्यटन, आर्थिक पूर्वधारलगायत क्षेत्रमा बजेट लगानी गर्दै आएको कार्यालयका निमित्त प्रमुख अभिषेक अधिकारीले बताए । आव २०७२/७३ मा रु तीन करोड ७४ लाख विनियोजन भएकामा रु दुई करोड ३६ लाख, आव २०७३/७४ मा रु १३ करोड २६ लाख विनियोजन भएकामा रु आठ करोड ८० लाख, आव २०७४/७५ मा रु २० करोड ६१ लाख विनियोजन भएकामा रु १९ करोड २४ लाख खर्च भएको अधिकारीले जानकारी दिए । उनका अनुसार आव २०७५/७६ मा रु चार करोड ९१ लाख, आव २०७६/७७ मा रु १० करोड २९ लाख, आव २०७७/७८ मा रु १३ करोड ४९ लाख, आव २०७८/७९ मा रु १० करोड ८५ लाख, आव २०७९/८० मा रु १० करोड ४४ लाख र गत आवमा रु १७ करोड ३७ लाख विनियोजन भएकामा रु १५ करोड ४४ लाख खर्च भएको छ ।



