काठमाडौँ — सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन मिल्छ वा मिल्दैन ? भन्ने सम्बन्धमा अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग कानुनी राय मागेको थियो ।
अर्थ मन्त्रालयलाई प्रतिउत्तर दिँदै महान्यायाधिवक्ताको कार्यालयले अदालतकै आदेशअनुसार प्रक्रिया अघि बढाउन मिल्ने राय दिएको स्रोतले बताएको छ ।


