आर्थिक मन्दीको आशंकापछि एशियाली र अमेरिकी शेयर बजारमा गिरावट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आर्थिक मन्दीको आशंकापछि एशियाली र अमेरिकी शेयर बजारमा गिरावट

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीमा जान लागेको भन्ने खबरहरु एकाएक फैलिएपछि एशिया तथा अमेरिकी शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।

मन्दी फेरि शुरु हुन लागेको आशंकाका बीच सेप्टेम्बर तीन यतादेखि अमेरिकी बजार निरन्तर घटिरहेको छ ।यसका अतिरिक्त त्यहाँ बेरोजगारी दरपनि अत्यधिक बढेको छ ।

प्रविधि क्षेत्रका धेरै कर्मचारी कटौती हुन लागेको खबर पनि सार्वजनिक भइरहेको छ, जसले ग्लोबल प्रविधि क्षेत्रमा दबाब सृजना भएको छ । यस्ता कारणले गर्दा बिहानी कारोबारमा डाउ जोन्स ४५० अंक अर्थात १.१९ प्रतिशतले घटेको छ। नास्डक ३०० अंक अर्थात् १.५३ प्रतिशत र एस एन्ड पी १.२ प्रतिशतले घटेको छ ।

Read More