काठमाडौं : विश्वप्रसिद्ध दक्षिण कोरियाको बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधी उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडी बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ ।
एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा. विनोद साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ ।





