‘एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’


  • Himalayan Bank Limited (HBL)
‘एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक’

नेपाल निर्जीवन बिमा व्यवसायी संघले सञ्चालक स्वामित्वको सेयर एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको संघको भनाइ छ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर बिक्रीसम्बन्धी व्यवस्था अत्यन्तै कठोर रहेको जानकारी गराउँछौं। कम्पनीमा कायम रहेका सबै सेयरधनीजस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र सेयरधनीको साधारणसभाबाट निर्वाचित भई उनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा भेदभाव गरिनु न्यायोचित हुँदैन।’

Read More