आर्थिक राशिफल: भदौ १९ गते, बुधबार, भाद्र शुक्लपक्ष प्रतिपदा तिथि


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल: भदौ १९ गते, बुधबार, भाद्र शुक्लपक्ष प्रतिपदा तिथि

मेष:
लगानीका अवसरहरू राम्रो छन्। जग्गा कारोबार र व्यवसायमा गरिएको लगानीबाट फाइदा हुने सम्भावना छ।

वृष:
वैदेशिक लगानीबाट सन्तुष्टि मिल्नेछ। सामाजिक क्षेत्रमा प्रशंसा पाउन सक्नुहुन्छ।

मिथुन:
धन लाभ हुनेछ। प्रतिस्पर्धीहरू कमजोर हुनेछन्, जसले व्यापार व्यवसायमा सफलता मिल्नेछ।

कर्कट:  
मानसिक तनाव बढ्ने र धन हानी हुने सम्भावना छ, त्यसैले आर्थिक मामिलामा विचार पुर्याउनु पर्नेछ।

सिंह:  
कामबाट खुसी र सन्तुष्टि मिल्न सक्छ।

कन्या:
मानसिक तनाव बढ्ने र धन हानी हुने सम्भावना छ, त्यसैले आर्थिक मामिलामा ध्यान दिनुहोस्।

तुला:
आम्दानी बढ्ने र व्यापारबाट पर्याप्त लाभ हुने सम्भावना छ।

वृश्चिक:
पारिवारिक सहयोग मिल्नेछ। बोल्दा विचार पुर्याउनुहोस्। राजनीति, सामाजिक, र वैदेशिक क्षेत्रमा सामान्य सुधार हुनेछ।

धनु:
काममा समस्या आउनाले मन अस्थिर हुन सक्छ।

मकर: 
मनमा चञ्चलता बढ्ने र आर्थिक हानी हुने सम्भावना छ, त्यसैले कारोबार गर्दा विचार पुर्याउनुहोस्।

कुम्भ:
लाभदायक छोटो यात्रा हुन सक्छ, र व्यवसायमा फाइदा मिल्न सक्छ।

मीन:  
धन लाभ, मानसम्मान वृद्धि, र शत्रु नाश हुने समय छ।