क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ, साढे २२ लाख कित्ता आईपीओ निष्कासन हुँदै


  • Himalayan Bank Limited (HBL)
क्रेस्ट माइक्रो लाइफले पायो डबल बी रेटिङ, साढे २२ लाख कित्ता आईपीओ निष्कासन हुँदै

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इक्रा नेपालबाट भदौ ७ गते क्रेडिट रेटिङ गराई आईसीआरए डबल बी(इक्राएनपी–आईआर) बीबी रेटिङ पाएको छ । इक्रा नेपालका अनुसार यस्तो रेटिङ पाउने कम्पनीको वित्तीय दायित्य समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको मानिन्छ ।  

साथै,कम्पनीले आरवीवी मर्चेण्ट बैंकिङ र आरवीवी म्युचुअल फण्ड १ सँग गत भदौ १७ गते सम्झौता गरी सर्वसाधारणमा जारी गरिने आईपीओका लागि शेयर प्रत्याभुतीकर्ताको रुपमा नियुक्त समेत गरिसकेको छ ।  

Read More