काठमाडौं : यसपालिको दसैंंमा नयाँ नोट प्रयोग गर्न नपाइने भएको छ । हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुरानो सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने बताए ।
‘यस पटक दसैंमा नयाँ नोट वितरण हुँदैन’ पोखरेलले नेपाली पैसालाई भने, आवश्यक हुनेलाई राष्ट्र बैंकले बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा दिन्छ ।’ उनले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरेको उनको भनाइ छ ।


