१८ भदौ, काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन गरी ठगी आरोपमा मुद्दा चलेर धरौटीमा छुटेका सुरेन्द्र भण्डारीले आफैं अध्यक्ष रहेको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ पनि संकटपूर्ण अवस्थामा पुर्याएको तथ्य भेटिएको छ ।
लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सचिव समेत रहेका भण्डारीका कारण केन्द्रीय सहकारी संघ संकटग्रस्त अवस्थामा पुगेको तथ्य भेटिएको हो ।



