काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा २० वटा वाणिज्य बैंकमध्ये आठको व्यवसाय बढ्न सकेको छैन ।
हिमालयन, लक्ष्मी सनराइज, नेपाल बैंक लिमिटेड, एनआईसी एसिया लगायत बैंकले साउन महिनामा लगानी विस्तार गर्न सकेनन् । त्यस्तै प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको पनि लगानी विस्तार साउनमा खुम्चियो ।



