काठमाडौं। महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (NFRS) अन्तर्गत NFRS 09: Expected Credit Loss (ECL) मोडलको कार्यान्वयन गर्न के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेन्ट्ससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ।
यस समझदारीले जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउन मद्दत गर्नेछ र वित्तीय प्रतिवेदनहरु अझै पारदर्शी र सही प्रस्तुत गर्न योगदान गर्नेछ। यसैगरी, यो पहलले वित्तीय प्रतिवेदन मापदण्डहरुको पालना, सञ्चालन क्षमता सुधार, र नियामक निकायका निर्देशनहरुको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मद्दत पुर्याउने बैंकको विश्वास छ।
महालक्ष्मी विकास बैंकले "सबल बैंक, सफल सहकार्य" नारालाई आत्मसात् गर्दै विगत ३० वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकका देशभर १०३ शाखा कार्यालयहरु छन् र करिब ८ लाख ग्राहकहरु रहेका छन्।






