आईएमएफसँग अर्थमन्त्रीले भने : प्रतिफल दिने आयोजनामा लगानी विस्तार गर्छौं


  • Himalayan Bank Limited (HBL)
आईएमएफसँग अर्थमन्त्रीले भने : प्रतिफल दिने आयोजनामा लगानी विस्तार गर्छौं

१८ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले स्रोतको प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको समेत बताए ।

सतर्कतापूर्वक सरकारले ऋण लिने र लिइएको ऋणलाई उत्पादन तथा उत्पादकत्व अभिवृद्धिका साथै राम्रो प्रतिफल दिने आयोजनामा लगानी गर्ने उनको भनाइ थियो ।

Read More