उच्च गतिमा घटेका कम्पनीहरु नै बजार फर्किदा सर्किट लेभलमा कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
उच्च गतिमा घटेका कम्पनीहरु नै बजार फर्किदा सर्किट लेभलमा कारोबार

पछिल्लो समय समग्र शेयर बजारमा मापक नेप्से परिसूचक ३ हजार विन्दु छोएर २७ सय भन्दा तल पुग्दा १० प्रतिशतभन्दा बढीले बजारमा गिरावट आयाे । बजार १० प्रतिशत हाराहारीमा गिरावट आउँदा कतिपय कम्पनीको शेयर मूल्य भने २० प्रतिशतभन्दा बढीले घट्यो ।

सोमबार बजार ४.७२ प्रतिशत अर्थात १२७ दशमलब ३२ अंकले बाउन्स ब्याक हुँदा तिनै एकदमै झरेका कम्पनीको शेयर मूल्य नै सर्किटमा कारोबार भएको छ । शेयर बजार बढ्दा अघिल्लो दिन भन्दा कारोबार रकम र कारोबार आएको शेयर संख्या र कारोबार संख्या सबैको वृद्धि देखिएको छ । सोमबार ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५६९ पटक कारोबार हुँदा १३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भयो । २४४ वटा कम्पनीको शेयर कारोबार हुँदा २ सय ३९ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने ५ वटाको शेयर मूल्य घटेको थियो ।

Read More