काठमाडौँ । पुँजीकोषमा परेको दबाब कम हुँदै गएपछि बैंकहरुको ऋण दिने क्षमता बढ्दै गएको छ । गत आर्थिक वर्षको ६ महिनासम्म आधा दर्जन बैंकको पुँजीकोष दबाबमा परेको भए पनि हाल बैंकहरुको पुँजीकोषमा परेको दबाब घटेसँगै बैंकहरुको ऋण दिने क्षमता पनि निरन्तर बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल दुई बैंक (कुमारी बैंक लिमिटेड र एनआईसी एशिया बैंक)को पुँजीकोषमा मात्रै दबाबमा देखिएको छ ।



