भारतीय धितोपत्र बजारको नियामक निकाय सेक्यूरिटिज एण्ड एक्स्चेञ्ज बोर्ड अफ इण्डिया (सेबी) की अध्यक्ष माधबी पुरी बुचमाथी प्रतिपक्षी दलले संगिन आरोप लगाएको छ ।
साथै उसले सेबीको पदमा बसेर उनले तीन अलग-अलग कम्पनीबाट मासिक रुपमा तलव बुझ्दै आएको पनि आरोप लगाएको छ ।प्रतिपक्षी दल काँग्रेस आईले अध्यक्ष बुचमाथि अवैधरुपमा आर्थिक लाभ लिएको आरोप लगाएको छ ।
कांग्रेस प्रवक्ता पवन खेराले पत्रकार सम्मेलन गर्दै आईसीआईसीआई बैंकमा भएका धेरै अनुसन्धानले माधबी पुरी बुचले उक्त समूहबाट आय प्राप्त गरिरहेको देखिएको बताएका छन् ।


