काठमाडौं : नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गत कार्यान्वयनमा रहेको रिटेल पेमेन्ट स्वीच (आरपीएस) को भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा यसबाट ६ खर्ब ७३ अर्बको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ ।
यो कारोबार रकमको आधारमा गत वर्षको तुलनामा ३८ प्रतिशतले बढी हो । यस्तै कारोबार संख्याको आधारमा ४९ प्रतिशतले बढी हो । गत चार महिनादेखि आरपीएसमा मासिक ५ खर्ब रुपैयाँभन्दा बढीको कारोबार हुँदै आएको छ ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का अनुसार गत आवको जेठमा ५ खर्ब ७७ अर्ब, बैशाखमा ५ खर्ब २७ अर्ब र चैतमा ५ खर्ब १७ अर्ब भुक्तानी कारोबारहरु गरेको छ । आव २०८०/८१ मा आरपीएसमार्फत कुल ५६ खर्ब ९७ अर्ब बराबरको भुक्तानी कारोबार भएको छ ।



