काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ। आइतबार सहकारीको रकम ठगीको अभियोगमा संस्थाका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीको टोलीले पक्राउ गरेको प्रवक्ता एवं सूचना अधिकारी होबिन्द्र बोगटीले जानकारी दिए।
उनका अनुसार सहकारीका उपाध्यक्ष बालुवाटारकी ३९ वर्षीया बविता डंगोल, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुंगाका ३७ वर्षीय विष्णु प्रसाद फुयाँल, ललितपुर महानगरपालिका-८ सुवहालका ४८ वर्षीय रामलाल महर्जन र टोखाका ४६ वर्षीय अमरभाई बज्राचार्यलाई सीआईबीले पक्राउ गरेको हो।



